१२ बैशाख २०८१, बुधबार

यस्तो छ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ युवराज भुसालको जीवनी


Yuwaraj Bhusal युवराज भुसाल

८ मंसीर, काठमाडौँ ।  पृष्ठभूमि र जन्म

नेपाल सरकारको सेवामा लामो समय बिताउनु भएका युवराज भुसाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । उहाँले वन मन्त्रालय र अर्थ मन्त्रालयमा सचीव भएर काम गर्नुका साथै राष्ट्रिय योजना आयोगमा सदस्य सचीव भएर पनि काम गर्नु भएको थियो । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल उहाँको सम्धी हुनुहुन्छ ।

युवराज भुसालको जन्म बि.सं. २०१४ साल जेठ ११ गते शुक्रवार गुल्मी जिल्लाको मधाने गाउँपालिका-२ बाझकटेरीमा भएको हो । उनका बाबुको नाम स्व. कविराम भुसाल र आमाको नाम सभादेवी भट्टराई हो । उहाँको बुवा गाउँको मुखिया, प्रधानपञ्च, ज्योतिष तथा आयुर्वेद बैध पनि हुनुहुन्थ्यो ।

पारिवारिक जीवन

अर्घाखाँची जिल्ला सन्धिखर्क गाउँपालिका-२, वांगला निवासी मोतीप्रसाद आचार्य र बिष्णुमाया आचार्यकी कान्छी छोरी उहाँकी श्रीमती उर्मिला आचार्यले समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुका साथै माईती नेपाल नामक प्रतिष्ठित संस्थामा पनि काम गर्नु भएको थियो । उनका दुई छोरा र एक छोरी छन् । उहाँका जेठा छोरा डा. बुद्ध भुसाल मेडिकल डाक्टर हुनुहुन्छ भने कान्छा छोरा नितेश भुसाल सफ्टवेयर ईन्जिनियर हुनुहुन्छ । उहाँकी एक मात्र छोरी नविता पौडेल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलकी बुहारी हुनुहुन्छ ।
शिक्षा

भुसालले गुल्मीवाट एसएलसी पास गरेपछि पृथ्वीनारायण क्याम्पस पोखरावाट आईए र बिए गर्नुभएको हो । उहाँले अर्थशास्त्र, राजनीतिशास्त्र र कानुन गरी तीन मुख्य बिषयमा स्नातक गर्नु भएको छ । त्यस्तै उहाँले त्रिभुवन विश्वबिधालयवाट राजनीतिशास्त्र, जर्मनीवाट क्षेत्रीय योजना र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी थाईल्याण्डवाट विकास अर्थशास्त्रमा स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम हुनु भएको थियो ।

सरकारी सेवा

६ बर्ष शाखा अधिकृतको रुपमा काम गरेपछि स्थानीय विकास अधिकारी भई सहायक सचीव र स्थानीय बिकास मन्त्रालयमा उपसचीव भई जम्मा ११ बर्ष काम गर्दा २ बर्ष अध्ययन बिदामा बस्नु भयो । १२ बर्ष सह-सचीव भई काम गर्दा ४ बर्ष अर्थ मन्त्रालय बजेट महाशाखा, ३ बर्ष कलकत्ता, ३१/२ बर्ष प्रधानमन्त्री कार्यालय, ६ महिना भूमिसुधार मन्त्रालयमा कामु सचीव, ९ महिना प्रशासन पुनःसंरचना आयोग र ३ महिना सामान्य प्रशासन मन्त्रालयमा बस्नु भएको थियो । २ बर्ष सचीव भई काम गर्दा २० महिना वन मन्त्रालय र ४ महिना अर्थ मन्त्रालयमा बस्नु भएको थियो । ३ बर्ष राष्ट्रिय योजना आयोगमा सदस्य सचीव भई काम गर्नुभयो भने अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा कार्यरत हुनुहुन्छ ।

अन्य सेवा

नेपाल सरकारको निजामती सेवामा लामो समय काम गर्नु भएका भुसालले युएनडिपी को ग्लोबल कम्पिटिशनमा जाँच पास गरेर १ बर्ष अफगानिस्तानको अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय बजेट सल्लाहकारको रुपमा काम गर्नु भएको थियो । ३ बर्ष भारतको कलकत्तामा महाबाणिज्यदुतको रुपमा पनि काम गर्नु भएको थियो । त्यस्तै २ बर्ष पुर्वाञ्चल विश्वबिधालयमा र २ बर्ष मध्यमाञ्चल विश्वबिधालयमा गरी ४ बर्ष फ्याकल्टी मेम्वरको रुपमा स्नातकोत्तर तहमा अध्यापन गराउनु भएको छ भने ३ बर्ष स्टाफ कलेज जावलाखेलमा फ्याकल्टी मेम्वरको रुपमा पनि काम गर्नु भएको छ ।

शन्देश

आम नेपाली जनतालाई के भन्नुहुन्छ भने नेपाल सरकारले दिने अनुदान स्वरूप दिएको ३ लाख रुपैया खासै ठुलो रकम होइन तापनि सरकारी ठुकुठीवाट यो रकम जाँदा भूकम्प प्रतिरोधी घर बनेको हुनुपर्छ । प्राविधिकहरुको सल्लाह अनुसार आफ्नो घर जति तला बनाएपनि त्यो भूकम्प प्रतिरोधी प्रमाणित हुनुपर्छ भन्ने शन्देश दिन चाहनुहुन्छ ।

धारणा र सोच

उहाँले भन्नुहुन्छ ‘’हाम्रो सनातन धर्मका आधारमा ब्रह्र्चर्य, गृह्स्थ, वनप्रस्थ र सन्यास चारवटा आश्रम हुन्छन, म अहिले वनप्रस्थ आश्रममा छु, ६० वर्षको उमेरमा, अब मैले यो अवसरमा सम्पूर्ण मानव जाति जो विशेष भूकम्प पिडित हुनुहुन्छ उहाँहरुको आशु पुछन् सके र उहाँहरुलाई केहि योगदान गर्न सके भने मलाई पनि अत्यन्त सन्तोष लाग्ने छ । एउटा यो सबभन्दा ठुलो अवसर पाएको ठुलो मानवीय काम अवसरकै रुपमा हो । यस महत्वपूर्ण समयमा अन्य क्रियाकलाप घुम्ने खाने मस्ती गर्ने भन्दा पनि यो काम गरेर देखाउने सुनौलो मौकाको रुपमा लिएको छु र आफुलाई योग्य प्रमाण गरेर देखाउछु भनेको सत्य हो । अब यो गर्ने क्रममा मैले विभिन्न रणनीति र कार्यकमहरु अगाडी सारेको छु ।“

पहिलेदेखि नै नेपाल सरकारको निजामती सेवामा लामो समयदेखि काम गरेका बरिष्ठ प्रसाशकलाई सीईओ बनाएको भए काम चाडै हुन्थ्यो र प्रगति छिटो देख्न सकिन्थ्यो भन्ने धारणा राख्नु भएको छ । उहाँ सामु  रहेका चुनौतीका चाङहरुलाई अवसरमा बदली तीन महिनाभित्र देखिने गरी काम गर्छु भन्नु भन्ने अठोट लिई आफूलाई योग्य प्रमाणित गर्न कार्यक्रम र नयाँ रणनीति बनाएर अहोरात्र खटिरहनु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु