जीवनी

  • Sher Bahadur Tamang

    शेरबहादुर तामाङ : अधिवक्तादेखि  कानुन मन्त्रीसम्मको यात्रा

    पृष्ठभूमि र जन्म वि.सं २०२५ सालमा सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिएका शेरबहादुर तामाङले वर्तमान सरकारमा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । सिन्धुपाल्चोकमा पशुपतिशमशेर जबरालाई लगातार दुईपटक पराजित गरेर ‘राणा शासन’ ढालेको बताउने तामाङ मानवशास्त्रमा पीएचडी गरिरहेका र बार काउन्सिलबाट लाइसेन्स लिएका अधिवक्ता पनि हुन् । नेपाल ल क्याम्पसबाट एलएलबी गरेका एमाले सांसद तामाङले इतिहास र मानवशास्त्रमा स्नातकोत्तर […]

  • Gokarna Bista

    को हुन् श्रम मन्त्री गोकर्ण बिष्ट ?

    पृष्ठभूमि र जन्म वर्तमान सरकारका श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री,  नेपाली राजनीतिमा लोकप्रिय र सफल युवा नेता हुन् गोकर्ण बिष्ट । बुवा भिम बहादुर बिष्ट र माता चिन्तकला बिष्टको कोखबाट बिस ०२२ असार १७ गते गुल्मी जिल्लाको दोहोली गाविस ३ मा जन्मिएका हुन् गोकर्ण बिष्ट । विष्टले ०३५ बाट अखिलबाट राजनीतिक यात्रा सुरु गरेका […]

  • Dr. Pushpa Kandel

    को हुन् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल ?

    पृष्ठभूमि र जन्म राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. पुष्प कँडेलको जन्म २०१२ साल भदौ १५ गते धादिङ जिल्ला बेनिघाट-१, रिचोकटारमा भएको हो । २०२६ सालदेखि झापाली क्रान्तिकारी समूहसँग निकटताबाट कम्युनिष्ट राजनीतिमा लागेका कँडेल नेकपा एमालेभित्र लो प्रोफाइलमा रहेर हाइप्रोफाइल पदमा पुगेका हुन् । सरकारले २०७५ साल बैशाख ११ गते उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा […]

  • shakti-basnet

    को हुन् वातावरण मन्त्री शक्ति बस्नेत ?

    पृष्ठभूमि र जन्म वर्तमान वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत जाजरकोटको ग्रामिण वर्ग संघर्षवाट राजनीति सुरु गरेका नेता हुन् । वि. सं. २०२८ साल बैसाख १ गते बुवा  डण्डवीर बस्नेत र आमा धर्म कुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा जन्मेका हुन् शक्ति बहादुर बस्नेत ।  उनका तीन भाई रहेका छन् । उनकी जीवन संगिनी पूर्व […]

  • Girirajmani Pokhrel

    गिरिराजमणि पोखरेल : पत्रकारदेखि शिक्षा मन्त्रीसम्मको यात्रा

    पृष्ठभूमि र जन्म पत्रकार पृष्ठभमिबाट राजनीतिमा प्रवेश गरेका गिरिराजमणि पोखरेलले ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट शिक्षा मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । माओवादीको प्रमुख सचेतक समेत रहिसकेका पोखरेल अविवाहित नेता हुन । पोखरेलको जन्म बि.सं. २०१५ साल माघ २४ गते खोटाङ्ग जिल्लाको खार्पा–६ मा भएको हो भने हालको स्थायी बसोबास बर्दिबास नगरपालिका, वार्ड नं.३, गौरीडाँडास्थित […]

  • Bina Magar

    को हुन् मन्त्री विना मगर ?

    पृष्ठभूमि र जन्म खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेकी नवनियुक्त मन्त्री बिना मगरको जन्म ०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा भएको हो । बुबा चन्द्रबहादुर मगर र आमा सावित्रीमाया मगरकी उनी जेठी छोरी हुन् । कञ्चनपुरबाट प्रत्यक्ष चुनाव जितेकी माओवादी केन्द्रकी सांसद विना मगर ३४ वर्षको उमेरमा मन्त्री बनेकी छिन् । विनाले पुनर्वासको अरनिको प्राविबाट प्राथमिक […]

  • barsaman pun

    बर्षमान पुन ‘अनन्त’ : सैन्य ईन्चार्जदेखि उर्जा मन्त्रीसम्म

    पृष्ठभूमि र जन्म वि. सं. २०२८ साल जेठ १८ गते बुवा ईर्खराम पुन र आमा तिर्थमाली पुनको कोखबाट वर्षमान पुन ‘अनन्त’को जन्म रोल्पाकै, माडीचौर (स्थानीय मगर भाषामा माण्डिबाङ भनिने) गाउँ रोल्पा नगरपालिकाको वडा नं. ७ मा भएको हो । आठ सन्तान (पाँच दाजु भाई तीन दिदी बहिनी) मध्ये दोस्रो सन्तान अर्थात माहिलो छोरा हुन् अनन्त […]

  • Sailendra Khanal

    को हुन् सशस्त्रका महानिरीक्षक ?

      २०४९ सालको इन्स्पेक्टर ब्याची शैलेन्द्र खनाल २०५८ सालमा सशस्त्र प्रहरी खुलेपछि उहाँ  नेपाल प्रहरीबाट सशस्त्रमा पुग्नुभएको हो । उहाँ यस्तो   भाग्यमानी हुनुहुन्छ, उहाँका ब्याचीहरु अहिले पनि नेपाल प्रहरीमा एसएसपी पनि हुन सकेका छैनन् । तर, उहाँ एआइजी हुँदै सशस्त्र प्रहरीको प्रमुख बन्न सफल हुनुभयो । एआइजी पदमा रहेका ११ मध्ये पुष्पराम केसी, नारायणबाबु थापा, रामशरण पौडेल, […]

  • Sarbendra Khanal

    को हुन् म्याच फिक्सिङ पर्दाफास गर्ने महानिरीक्षक सर्वेन्द्र खनाल ?

    २०२३ वैशाख १३ गते तनहुँको तनहुँसुरमा जन्मनु भएका सर्वेन्द्र खनालले रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै महानिरीक्षक (आइजीपी)मा नियुक्ति हुनु भएको हो । सरकारले नेपाल प्रहरीको २६ औं महानिरीक्षकको भूमिकामा खनाललाई बढुवा गरेको हो । २०४६ माघ २९ गते नेपाल प्रहरीको ९० औँ टोलीमा इन्स्पेक्टरबाट आफ्नो जागिरे जीवन शुरु गर्नुभएको थियो । प्रहरी सेवामा भर्ना हुँदा […]

  • Raghubir Mahashet

    मन्त्री रघुवीर महासेठको राजनैतिक यात्रा कस्तो छ ?

    पृष्ठभूमि र जन्म मन्त्री रघुवीर महासेठको जन्म २०१६ साल साउन २२ गते मिथिलेश्वर–१, धनुषामा भएको हो । मखन र मायावती महासेठका छोरा रघुवीरका एक छोरी र एक छोरा छन् । महासेठले सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । महासेठ २०३३ बाट कम्युनिष्ट आन्दोलनमा लागेका हुन् । उनी २०६४ को उपनिर्वाचनमा धनुषा–५ बाट विजयी बने । २०७० […]

  • Pradip Kumar Gyawali

    मन्त्री प्रदीपकुमार ज्ञवालीको राजनैतिक यात्रा कस्तो छ ?

    पृष्ठभूमि र जन्म नेपाल सरकारको वर्तमान पररास्ट्र मन्त्री तथा एमाले सचिव प्रदीपकुमार ज्ञवालीको जन्म बि.सं.२०१९ साल भदौ २८ गते गुल्मीको बलेटक्सार २ मा भएको हो । नारायणदत्त र पुण्यकलाका छोरा प्रदीपकुमार ज्ञवालीका एक छोरी र दुई छोरा छन् । बि.सं २०२८ सालदेखि राजनीतिमा लागेका ज्ञवाली २०३५ सालमा केन्द्रीय कोअर्डिनेशन कमिटीको सदस्य हुनुहुन्थ्यो । बि.सं. २०५६ […]

  • Trilochan Bhatta

    को हुन् त्रिलोचन भट्ट ?

    पृष्ठभूमि र जन्म प्रदेश नं ७ को मुख्यमन्त्री, नेकपा माओवादी केन्द्रका नेता हुन् त्रिलोचन भट्ट । ४८ वर्षीय त्रिलोचन भट्टको स्थायी ठेगाना डोटी जिल्लाको साविक भूमिराजमाडौं गाविस वडा नम्बर–८ फलेडी हो । उनी बुवा प्रसाद भट्ट र आमा शारदा भट्टको साहिँलो छोरा हुन् । निम्न आयस्रोत भएको परिवारमा जन्मेका त्रीलोचनले गरीबीकै कारण ८ कक्षाको पढाई […]

  • Sankhar Pokharel

    को हुन् प्रदेश पाँचका मुख्यमन्त्री ?

    पृष्ठभूमि र जन्म नेपाली बामपन्थी आन्दोलन र राष्ट्रिय राजनीतिमा स्थापित नेता हुन् शंकर पोखरेल । विक्रम सम्वत २०१९ फागुन १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा केशवराजशर्मा र तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मिएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटी सदस्यका रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका […]

  • Mahendra Bahadur shahi

    को हुन् महेन्द्र बहादुर शाही ?

    पृष्ठभूमि र जन्म विसं २०३३ साल माघ १५ गते आमा रणकौडा र बुबा लालबहादुर शाहीका सुपुत्रका रुपमा जन्मिएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटको पचाल झरना गाउँपालिका ९ साबिकको नानीकोट–८०, कोटिलागाउँ निवासी हुन् । प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ’ख’ बाट निर्वाचित प्रदेशसभा सांसद हुन । सशस्त्र विद्रोहको सुरुदेखि नै लागेका उनको […]

  • Prithvi Subba Gurung

    को हुन् पृथ्वी सुब्बा गुरुङ ?

    पृष्ठभूमि र जन्म प्रदेश नम्बर ४ को मुख्यमन्त्री हुन् पृथ्वी सुब्बा गुरुङ । बि.स. २०१४ साल फागुन २ मा बुबा स्व. गंगाप्रसाद गुरुङ र आमा स्व. चिनी गुरुङ्गको कोखबाट लमजुङको क्व्होलासोंथर गाउँपालिका-९ मा उनको जन्म भएको हो । गृह जिल्लाकै इशानेश्वर प्रमोद हाइ स्कुल, भोर्लेटारबाट २०३० सालमा एस.एल.सी दिनुभएको गुरुङले अमृत साइन्स क्याम्पस काठमाडौंबाट २०३४ सालमा […]