११ बैशाख २०८१, मंगलबार

तपाइलाई थाहा छ? सफल व्यक्तिहरु यस्ता कामहरु गर्छन


सफलता

हरेकलाई चासोको बिषय हुन सक्छ कि सफल हुने मानिसहरु के तेस्तो काम गर्छन जसले उनीहरु सफल बन्न सक्छन। सबै मानिसहरुले प्रयास त गरेकै हुन्छन तर केहि मात्रले सफलता हासिल गर्छन। सामान्यतया सफल मानिसहरुले कुनै नया काम गरेजस्तो लाग्दैन तर उनीहरु सफल भइरहेका हुन्छन। यहि विषयलाई लिएर शिव खेडा लेख्छन – जित्ने मानिसहरु कुनै फरक काम गर्दैनन् तर हरेक काम फरक तरिकाले गर्छन। यो भनाइलाई हेर्दा असफल र सफल व्यक्तिहरुमा केवल काम गराईमा फरक छ। त्यसैले सफल हुने व्यक्तिहरुले के त्यस्तो काम गर्छन बिचार गरौ,

आलोचनालाई सकारात्मक रुपले हेर्छन

सफल व्यक्तिहरु सधै सकारात्मक सोच राख्दछन। उनीहरु आफ्नो आलोचनाबाट निरास हुदैनन् बरु त्यसबाट एउटा पाठ सिक्छन र आफूलाई परिवर्तन गर्छन। आफूलाई सकारात्मक परिवर्तन गर्नु सफल व्यक्तिहरुको एउटा गहिरो रहस्यनै हो।

सकारात्मक भइ दिनको सुरुवात गर्छन

एउटा रिसर्च अनुसार मानिसको दिन उसको बिहानको क्रियाकलापमा भर पर्छ। दिनभरी राम्रो काम गर्न मुडफ्रेश हुन आवश्यक छ। बिहानको सकारात्मक सोचले दिनभर मुडफ्रेश भइ काम गर्न सहयोग गर्दछ। सफल व्यक्तिहरु बिहान ध्यान तपस्या तथा हिडडुल गर्छन र आफूलाई तन्दुरुस्त राख्छन। उनीहरु सधैं सकारात्मक सोचबाट दिनको सुरुवात गर्छन।

आफ्नो स्वस्थ्यामा ध्यान दिन्छन

स्वास्थ्यनै मानिसको धन हो। सबै काम गर्न स्वस्थ हुन आवस्यक हुन्छ। सफल हुने व्यक्तिहरु आफ्नो स्वास्थमा ध्यान दिन्छन र आफूलाई शारिरीक  र मानसिक रुपमा सधैं फिट राख्छन।

साथी छान्न सावधान हुन्छन

संगतले मानिसलाई कस्तो हुने भन्ने कुराको निधो गर्दछ। खराव संगतले मनिस असल बन्न सक्दैन। त्यसैले सफल व्यक्तिहरु समझदार मानिसहरुसंग संगत गर्छन र उनीहरुबाट असल कुराहरु सिक्छन। आफूभन्दा उच्च व्यक्तिसंगको संगतले सकारात्मक व्यतित्वको निर्माण गर्न मद्दत पुग्दछ। तसर्थ सफल व्यक्तिहरु साथी सावधानी पुर्वक छान्छन।

गल्ती गर्न डराउदैनन्

अरुको भरमा सफल हुनुभन्दा पटक पटक प्रयास गरी असफल हुनु राम्रो कुरा हो। सफल व्यक्तिहरु आसफलताबाट डराउदैनन् बरु त्यसबाट ज्ञान लिदै दोस्रो पटकका लागी तयार हुन्छन। यो विस्वास गर्छन कि असफलतामै सफलताको रहस्य लुकेको हुन्छ उनीहरु यसको खोजी गर्छन र पटक पटक गल्ति गर्दै सफल बन्छन।

आफ्नो खुसीका लागि समय निकाल्छन

सफल जीवनका लागि खुसी हुन आवश्यक छ। खुसी बिनाको उपलब्धिको कुनै मूल्य हुदैन। सफल व्यक्तिहरु खुसी हुन समय निकाल्छन। उनीहरु परिवार र साथीहरुलाई समय दिन्छन र रमाइलो गर्छन।

अरुको खुसीमा पनि रमाउछन

अरुको खुसीमा रमाउनु एउट छुट्टै कला हो। अधिकांस मानिसहरु आफ्नो खुसीमा मात्र रमाउछन। उनिहरुलाई अरुको खुसीको कुनै मतलव हुदैन। उनिहरुलाई यो पनि थाहा हुदैन कि अरुको खुसीमा रमाउदा आफ्नो पनि खुसी थपिन्छ। सफल व्यक्तिहरु अरुसंग खुसी साट्न मायुर हुन्छन। उनीहरु आफ्नो र अरुको खुसीमा बराबर रमाउछन।

तसर्थ माथिका कलाहरु सिक्नुहोस र सफल बन्नुहोस ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !