७ बैशाख २०८१, शुक्रबार

एउटा अल्लारे बिद्यार्थीको आफ्नो सरलाइ खुल्लापत्र।


tribendra-timsina त्रिवेन्द्र तिम्सिना

आदरणीय सर! नमस्कार।
म हजुरको विद्यार्थी दुई बर्ष अगाडि पढाउनु भएको थियो। सायदै हजुरले बिर्सिनु भएको छैन होला। हजुरलाइ थाहा छ म हजुरको लागि लगनशिल, मेहेनती तथा इमान्दार विद्यार्थी होइन। मैले कहिल्यै हजुरलाई आदर गरिन। हजुरलाइ गुरुको दर्जामा राखिन। हजुर हाम्रो लागि पढाउनुहुन्थ्यो तर मैले कहिल्यै ध्यान दिएर पढिन। हजुरले दिएको काम गर्दै गरिन। हजुरले अलि कडा गर्न खोजे म भित्र भित्रै मुर्मुरिन्थें, जसले गर्दा हजुर आजिद हुनुहुन्थ्यो। हजुरले प्रश्न सोध्दा म आक्रोशित हुन्थें। हजुरले धेरै सम्झाउनुहुन्थ्यो, भविष्यको बारेमा जानकारी गराउनुहुन्थ्यो, मायाको दृश्टिले व्यवहार गर्नुहुन्थ्यो, कति मेहेनत गरेर पढाउनुहुन्थ्यो तर ती सबै मेरा लागि जोक बने। यसरी अल्लारे भएर नै प्लस टु को दुई बर्ष एउटा नराम्रो तथा टाउको दुखाइको विद्यार्थी बनेर बिताएँ।

उच्च शिक्षा अध्ययनको क्रममा म अनुभवी एंव व्यवहारिक बन्दै गएँ। आफुले आफुलाइ परिबर्तन गर्दै गएँ। समयको परिवर्तन संगै आफ्नै मेहेनतले म आज एउटा ठुलो कम्पनीको मालिक भएको छु सर। यो सफलताको सबै श्रेय हजुरलाइ दिन चाहन्छु। हजुरले दिएका अर्ती, उपदेशहरु नै आज मेरा सफलताका मार्ग शुत्र हुन्। हजुरले भनेका ति कुराहरु मष्तिस्कमा अटेको हुनाले हरेक सफलताको सिंढीमा ती हजुरका शव्दलाइ मनन् गर्दै गएँ। गुरु भनेको को हो, कसरी सम्मान गर्नु पर्छ भन्ने कुरा थाहा पाएँ। त्यही भएर आज म सफल बनेको छु। हजुरसंग गरेको गल्तीको ठूलो पश्चातापमा छु सर म। यदि म माफीको लायक भए माफ गरिदिनुहोला। हजुर जस्तो गुरु पाउनु मेरो भाग्य थियो। वस्तवमा एउटा सच्चा गुरुले जस्तो पनि शिश्यको भविस्य उज्जल हुन्छ जुन म उदाहरण बनेको छु। आफ्नो भविष्य जास्तो भए पनि अरुको भविष्य प्रती सधैं चिन्ता लिने, उसलाइ सफलताको गोरेटोमा डोर्याउने, जति नै घृणा गरे पनि माया गरिरहने सम्माननिय गुरुप्रती लाखौं लाख सलाम छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !