४ बैशाख २०८१, मंगलबार

शिक्षक साथीहरुलाई अनुरोध


teacher

शिक्षण सिकाई प्रक्रियामा शिक्षकको महत्वपुर्ण स्थान रहेको हुन्छ। पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री, शिक्षण पद्दति आदिको बैज्ञानिक तवरले प्रयोग गरी उपयुक्त वातावरण सिर्जना गर्दै ज्ञान र सिप प्रदान गर्ने भएकोले शिक्षण सिकाई प्रक्रियाको केन्द्रमा शिक्षकनै रहेको हुन्छ। अत शिक्षक ज्ञानी र असल हुनुपर्दछ साथै शिक्षक सामाजिक प्राणी पनि भएकोले समाजमा सदभाव कायम राख्दै राष्ट्र र मानव सभ्यतालाई माथी उक्साउन योगदान दिनुपर्दछ। एउटा बिध्यर्थिको भबिस्य कस्तो हुने भन्ने कुरा पूर्ण रुपमा शिक्षकमा पनि निर्भर गर्ने भएकोले शिक्षकले निम्न काम र कर्तब्यहरु पालना गर्नु पर्दछ।

  • सधै रचनात्मक र सकारात्मक दृष्टिकोण राख्ने।
  • शिक्षण कार्यलाई रुचिपूर्ण र रमाइलो मान्ने।
  • जिम्मेवारी इमान्दारी पुर्बक पुरा गर्ने।
  • स्फूर्ति, उत्साह, लगनशिलता, समयप्रति सचेतना र सधै हसिलो मुद्रा प्रदर्सन गर्ने।
  • सहयोगी भावना राख्ने।
  • पेशाप्रति प्रतिवद्द र वफादार रहने।
  • व्यवसायिक छलफल , बैठक सम्मेलनमा भाग लिन उत्सुकता देखाउने।
  • म, मैले, मलाई, जस्ता शब्द प्रयोग नगरी हामी, हामीलाई, हाम्रो, हामीले जस्ता शब्द प्रयोग गर्ने।
  • कर्तव्यका साथ आधिकारको प्रयोग गर्न निडर रहने।
  • कुनै भाषा, समुदाय तथा धर्म विरोधी भावना नराख्ने।

बिद्यालय वा शैक्षिक शस्थाका माध्यमबाट राष्ट्रिय भावना जागृत गरी देशमा भावनात्मक एकता ल्याउन प्रयत्न गर्ने। तसर्थ माथिका कुनैपनि बुदामा कमजोरी भएमा शिक्षक पूर्ण शिक्षक कहलिन सक्दैन। ऊ केवल नाम मात्रको शिक्षक बन्न पुग्दछ। त्यसैले शिक्षक साथीहरुले माथिका काम र कर्तव्यहरुमा विचार पुर्याई बिद्यार्थी र राष्ट्रको भबिस्यमा योगदान दिनु पर्दछ। -अरुण एशियन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !