७ बैशाख २०८१, शुक्रबार

अंगालोमा बेस्सरी कस्थ्यो अनि चुम्मा गर्थ्यो।


tribendra

सार्वजनिक स्थान तथा यातायातमा प्रत्यक्ष देखिएका सेक्स एक्सपोजका गतिविधीहरुलाई समेटेर डायरी लेख्ने हो भने सायद एउटा किताबनै बन्छहोला।यस्तै एउटा घटना मेरो नजरमा ताजै छ।
जागिरको शिलसिलामा काठमाडौँको कुनै ठाउँबाट गाडी चढ्दै गर्दा अन्तिम सिट मेरो लागि खाली रहेछ। त्यसैको अर्कोपट्टी एउटा कलेज ड्रेस लगाएको केटा बसेको थियो।गाडीमा सबैजना आ-आफ्नै सुरमा थिए।

यसै क्रममा घरिघरी मेरो नजर त्यो केटातिर पर्न थाल्यो किनकी उसको बसाइ अलि असहज थियो र म त्यहाँ बसेको पनि ईर्ष्या गरे जस्तो भान हुन्थ्यो उसको हेराइले। मलाइ झन् शंका लाग्यो। म नजानिदो पाराले हेर्न थाँले र मेरो शंका यथार्थ भैहाल्यो जब उसको काखमा केटि देंखे। वास्तवमा हाम्रो समाजले छोरी मान्छेलाई धेरै एक्सपोज हुन बन्देज लगएको छ। तर उनी सार्वजानिक ठाँउमा केटाको काखमा कुनै संकोच विना आरामले सुतेकी थिइन्।

केटाले उनलाइ राम्रै सँग अंगालो मारेको थियो। बसाइ हेर्दा लाग्थ्यो उनिहरु गहिरो छाडाप्रेममा छन्। केटाको कृयाकलाप अलि असहज किसिमको हुँदै थियो।उसले केटिको गालामा चुम्मा खाने देखि लिएर उसको हात केटिको शरीरको विभिन्न ठाँउमा लाने गर्दै थियो। आफ्नो अंगालोमा बेस्सरी कस्तै पनि हुन्थ्यो।यस्ता कृयाकलाप गर्दा पनि छोरी मान्छे भएर केटिको कुनै नराम्रो प्रतिकृया थिएन।उ निदाएको भान गरि उसको सेक्स एक्स्पोजलाइ सहर्श स्विकारिरहेकी थिइ। यसै क्रममा उ घरिघरी म तिर पनि हेर्दै हुन्थ्यो जसै म उसलाइ डिस्टर्ब गरिरहेको छु।उनिहरुलाइ को आए, को गए कुनै मतलब थिएन लाग्थ्यो म कुनै पश्चिमा मुलुकमा छु। ३० मिनेटको यात्रामा उनिहरुले यस्ता यस्ता कृयाकलाप गरे जुन मैले यहाँ कलमले लेख्न आँट गरिन।त्यसपछी मेरो यात्रा सकिएकाले म त्यहाँ बाट झरें र आफ्नो गन्तव्य तिर लागें।

वास्तवमा यस्ता सेक्स कृयाकलापहरु सार्वजानिक स्थलमा बढ्दै गैराखेका छन्। जसले समाजमा नराम्रो विकृति फैलाइरहेको छ। यसलाइ रोक्ने पहल कतै बाट भएको छैन।सरकारले जाँड, रक्सी, चुरोट खान बन्देज लगाएपनि सेक्स एक्स्पोजका कृयाकलाप रोक्ने कुनै पनि पहल गरेको देखिदैन जसले गर्दा प्रशासन पनि मुक दर्शक भएर बसेको छ।यदि यस्ता विकृतिलाइ नरोक्ने हो भने यो समाज अनि देश कतातिर मोडिने हो भन्न सकिन्न। ( जनचेतनाको लागि मात्र)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !