७ बैशाख २०८१, शुक्रबार

छोटो समयमा धनी बन्न यि कामहरु गर्नुहोस


money

छोटो समयमा धनी बन्न यि कामहरु गर्नुहोस! धेरै पैसा कमाउने र सुखले जीवन बाच्ने हरेक मानिसको प्रयास हुन्छ। आजको युगमा पैसा कमाउने र धनी हुने कुराको होडबाजीनै हुन्छ। तर यो प्रतिस्पर्धामा थोरै मनिस मात्र सफल हुन्छन किनकी उनीहरुले पैसा कमाउने नियम पलाना गर्छन। धेरै मानिसहर चाहिँ आफूले मिहिनेत गरेर पनि धनी बन्न नसकेको गुनासो गर्छन। वास्तवमा सानोसानो कुरामा ध्यान नपुर्याउदा निकै ठुलो उपलब्धि हुनसकिरहेको हुदैन त्यसैले धनी बन्न के के कुरामा ध्यान पुर्यउनु पर्छ तलका बुँदाहरुबाट विचार गर्नुहोस,

१. आवश्यकता भन्दा बढी खरिद नगर्नुहोस

धेरैजसो मानिसहरु पसलको समान देखेर लोभिन्छन। लत्ता कपडा होस् या अन्य समान खरिद गर्दा आवश्यकता भन्दा बढी खरिद गर्न पुग्छन। त्यसले उनीहरुको आर्थिक स्रोतमा दखल पुर्याएको उनीहरु पत्ता पाउदैनन। तपाइले धनी बन्न आवश्यकता भन्दा बढी खरिद गर्ने बानीमा सुधार गर्नुहोस।

२. बचतमा ध्यान दिनुहोस

अधिकांस मानिसहरु आफ्नो वाचतमा ध्यान दिदैनन। उनीहरु आम्दानी भन्दा धेरै खर्च गरिरहेका हुन्छन। त्यसैले वचतमा ध्यान नदिकन धन कमाउन सकिंदैन। आजैदेखि आफ्नो वचतमा ध्यान दिनुहोस।

३. धेरै ठाउमा लगानी गर्नुहोस

कहिलेकाही आफूले लगानी गरेको कम्पनी घाटामा जान सक्छ या त्यसबाट पर्याप्त आम्दानी नहुन सक्छ। त्यसैले पैसाको परिचालन गर्नुहोस र धेरै ठाउँमा एकसाथ लगानी गर्नुहोस यसो गर्दा कुनै ठाउँमा डुबेपनि अर्को ठाउँबाट आम्दानी भइरहेको हुन्छ, यो काम गर्नै पर्छ तर सजिलो भने छैन। धेरै ठाउमा लगानी गर्दा सबै ठाउँ डुबेमा झन् धेरै घाटा हुनसक्छ त्यसैले लगानी गर्ने ठाउँ बडो बुद्धिमानी पुर्बक छान्नुपर्ने हुन्छ विचार गर्नुहोस।

४. निस्चित आयमा निर्भर नरहनुहोस

कुनै ठाउँबाट भइरहेको निस्चित आम्दानीमा भर नपर्नुहोस। बाटोहरु खोज्नुहोस जसबाट अझै धेरै आम्दनि होस। परिश्रमलाई बढाउनुहोस् ख्याल गर्नुहोस तपाइलाई धेरै पैसा चाहिएको छ।

५.चुनौती स्वीकार गर्नुहोस

बुझ्नुहोस् कि पैसा त्यति सजिलो ठाउँमा छैन। यसलाई पाउन ठुलाठुला चुनौतीहरु स्वीकार्नु पर्नेहुन्छ त्यसको लागि तयार हुनुहोस।

६. धनी बन्न सक्दिन भन्ने विचार बदल्नुहोस

धेरैजसो मानिसहरु अबको दुनियामा पैसा कमाउन नसकिने तर्क गर्छन तर उनिहरु सरासर झुट हुन्। पैसा कमाउन महगी र दुनियाले फरक पार्दैन जति तपाइको सोचले पार्छ। विचार बदल्नुहोस र लगानी गर्न सुरु गरिहाल्नुहोस। दुनियाको कुनै शक्तिले तपाइलाई पैसा कमाउनबाट रोक्न सक्दैन। पैसा कमाउनुहोस धनी बन्नुहोस।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !