७ बैशाख २०८१, शुक्रबार

कहिले हुन्छ त काठमाण्डौ धुँवाधुलो मुक्त सहर


dhulo
ram
राम मगर

नेपालको राजधानी काठमाण्डौ हो । जहाँ लाखौं मानिसहरु बसोबास गर्छन् । सुन्दा जति राम्रो र ठुलो सहर छ । त्यो भन्दा काठमाण्डौ फरक खालको रहेको छ । सबैकुराहरुले पूर्ण भएपनि काठमाण्डौको सडक हेर्ने हो भने र यात्रा गर्ने हो भने, निकै कठिनाई रहेको छ । नेपाली जनताहरु धुँवाधुलोदेखि लिएर दुर्गन्धित सडकहरुमा यात्रा गर्न वाध्य भएका छन् । यहि सहरमा लाखौंको मानिसहरु भविष्यको सपना बोकेर पढ्न आउने छन् । खान, लगाउन नपाउनेहरु पनि यहि छन् । मजदुर गर्नेहरु पनि यहि छन् । शिक्षा, स्वास्थ्य र रोजगारको आभावले गर्दा आउनेहरु पनि यहि छन् । विदेशी पर्यटकहरुको भ्रमणको पहिलो गन्तव्य पनि यहि हो । नेपालको जतिसुकै ठूलाठूला व्यक्तिदेखि लिएर सामान्यतय व्यक्तिहरु पनि यहि छन् तर काठमाण्डौको सडकको परिस्थिति हेर्ने हो भने धेरै नाजुक रहेको छ । पैदल यात्रुहरुको लागि हो भने धेरै समस्या रहेको छ ।

सडकका पेटीहरुमा दुर्गन्धित फोहोरहरु थुपारी राखेका हुन्छन् । जहाँ पायो त्यहि फोहोरहरु फालिरखेका हुन्छन् । त्यी फोहोरहरुसँगै आएको दुर्गन्धित अक्सिजन हामीले लिइरहेका छौं । त्यतिमात्र नभई त्यहि धुँवाधुलो सहितको तरकारीहरू हामीले खाइरहेको हुन्छ तर कसैले ख्याल गरिरहेको हुँदैन कि हामीले यो तरकारी कस्तो ठाउँवाट ल्याइएको छ भन्ने कुराहरु ?

विशेषगरी काठमाण्डौमा पैदल यात्रा गर्नेहरुको लागि धेरै समस्या रहेको छ । किन कि सडकको पेटीहरुमा अनेक खालका दुर्गन्धित फोहोरहरु फालिराखेको हुन्छ । यात्रा गर्न सम्म नसक्ने र माक्स लगाएर हिड्दा सास फेर्नसम्म नसक्ने परिस्थिति सृजना भएको छ । विभिन्न कारखानाहरुवाट निस्किएका दुर्गन्धित धुँवाहरुको पनि उचित व्यवस्था भएको छैन । नेपालको लागि हो भने, सवैखालका सेवा सुविधाले भरिपुर्ण भएता पनि यो काठमाण्डौ सहर वातावरणको हिसावले धेरै नाजुक रहेको छ ।

कुनै राष्ट्रवाट प्रमुखको भ्रमण हुँदाको काठमाण्डौ सहर र बाकी अरु समयको सडक हेर्ने हो भने, आकास पातलको झैँ फरक रहेको थियो । कुनै राष्ट्रको विशेष व्यक्तिको भ्रमण हुँदा काठमाण्डौका सडकका सम्पूर्ण फोहोरहरुदेखि लिएर सडकसम्म सरसफाई गर्न सक्ने नेपाल सरकार तर नेपाली जनता जहाँ रातदिन यात्रा गरिरहेका छन् यहि काठमाण्डौ सहर ? तर खोइत सरसफाई गरेको ? कुनै देशको व्यक्तिलाई देखाउनको लागि दुईदिन भएपनि सडक सफा गर्ने तर नेपाली जनताको लागि जसले एक-एक भोट दिएर जिताएका जनप्रतिनिधिहरु जो सत्तामा पुगेका छन् । खोइत नेपाली जनताको हितको लागि काम गरेको ? सधै सपना देखाउँदै ढाटेर कहिले सम्म पुग्ला त यी नेताहरुलाई ? सधै त्यहि दुर्गन्धित सडकको धुवाधुलोसँगै यात्रा गर्न वाध्य भएका जनताको समस्या कहिले बुझ्लान त ? सत्तामा पुगेपछि चिल्लो कारमा अगाडी पछाडी सुरक्षा गार्ड सहित यात्रा गर्न पाएपछि जनताको समस्या कहाँ वाट याद आउछन् त ?

वाम गठवन्धनको सरकार बनिसकेको छ । अब के कति काम गर्छ भन्ने आम नेपाली जनताको मनमा बसिसकेको छ । केपी ओलीले बोलेका ति शब्दहरु कहाँसम्म लागु हुन्छ भन्ने हेर्न बाकीनै छ ? काठमाण्डौको सडक कहिले होला त धुँवाधुलो मुक्त सहर ? यो पनि हेर्न बाकीनै छ । सधै नेपाली जनतालाई यस्तै दुर्गन्धित यात्रा गर्न वाध्य बनाउँने होकी के गर्ने यो सरकारको हातमा छ ।

यो सहरलाई धुँवाधुलो मुक्त र सुन्दर सहर बनाउनको लागि सरकारले उचित किसिमको नियम कानुन बनाउनु पर्दछ र लागु पनि गर्नुपर्दछ । जताततै फोहोरहरु फाल्नवाट बन्चित गर्नुपर्छ साथै आम जनताहरुले पनि आफ्नो घरवाट निस्किएका फोहोरहरुलाई उचित ठाउँमा फाल्ने बानीको विकास गर्नुपर्दछ । साथै सरकारले पनि यी सबैकुरालाई समयमै लागु गरियो भने चाडैनै यो सहर दुर्गन्धित मुक्त हुनेछ ।

यो पनि पढ्नुहोस्

कहिले होला हाम्रो शिक्षाको सम्मान सरकार

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !