१२ बैशाख २०८१, बुधबार

बालबालिकाको मनोबिज्ञान बुझौं


Child Psychology
Amit Sangroula
अमित संग्रौला

विश्व स्वस्थ्य संगठनको अनुसार एघार वर्षदेखि उन्नाइस वर्षको अवधीलाई किशोरावस्था भनिन्छ । यो समय धेरै महत्त्वपूर्ण समय हो । शारीरिक मानसिक र भावनात्मक रूपमा तिव्ररूपमा विकास हुने गर्दछ । जीवनकै जटिल समय भन्न सकिन्छ । त्यसकारण आमाबाबुले बिशेष ख्याल राख्नुपर्ने हुन्छ यो समयमा आएको परिवर्तन नबुझिदिएर उनीहरु बाटो बिराउन पुगेका छन् । अहिले त झन् ९- १० कक्षा पढ्दा आउने शारीरिक र मानसिक परिवर्तन ६- ७ कक्षा पढ्दाखेरि नै आइदिन्छ । आजका कयौं किशोर किशोरीहरु कुलत तथा दुर्बसनमा फस्न पुगेको देखिन्छ ।

अभिभावकले पनि आफ्ना छोराछोरीको भावनाको कदर र सम्मान गर्न जान्नुपर्छ । म अभिभावक हुँ भन्दैमा गाली गलोज गर्ने हप्काउने गर्ने गर्छन् । जसले गर्दा उनीहरुको मनोविज्ञानमा असर पर्न जान्छ । किशोरावस्थामा पुगेपछि माया सद्भाव साथ सहयोगको खाँचो परेको हुन्छ । आफ्ना कुरा प्रष्टरूपमा भन्न सक्तैन । सबैसँग घुलमिल र सहज अनुभव गर्ने वातावरण हुनुपर्छ । चरीत्र निर्माणमा सस्कार पहिलो आधार हो । त्यसैले असल सस्कार र शिक्षाको जरुरी देखिन्छ ।व्यवहारिक शिक्षाको कमि चेतनाको अभावले गर्दा राम्रो सस्कार दिन सक्तैनन् । आफ्ना छोराछोरी असल बनुन । ज्ञानी बनुन र राम्रो बाटोमा लागुन भन्ने सबै अभिभावकले चाहना हुन्छ तर , अभिभावक नै छोराछोरी को अगाडि मदिरा खाने धूम्रपान मध्यपान गर्ने गर्छन् । जसले उनीहरुको मनोविज्ञानमा असर पर्न जान्छ ।

सर्वप्रथम त अभिभावक नै अनुशासित र सब्य हुन सिक्नुपर्ने हुन्छ  । त्यो भएर स्कुल कलेजमा पहिला अनुशासन सिकाइन्छ । अनुशासन भनेको धार्मिक नैतिक र समाजको नियमभित्र बस्नुलाई अनुशासन भनिन्छ । जसले चरीत्र निर्माणमा ठूलो सहयोग पुर्याएको हुन्छ । आज भोलि त भागडैद र व्यस्त  जीवनको समय छ । परिवारको सदस्यसँगै बस्ने खाने र खुलेर कुरा गर्ने अवसर नै पाउदैनन् । त्यसैले अभिभावक र सन्तान बीचको दुरी लम्बिँदै गएको छ । त्यसकारण उनीहरुलाई माया गरौं ख्याल गरौं ।जीवनमा असल बन्नलाई प्रेरणाको स्रोत बनेर त्यसैले आफ्ना छोराछोरीको मनोविज्ञान बुझ्न् जरुरी देखिन्छ ।

*हाल युएईमा रहेका बिर्तामोड, झापाका अमित संग्रौला साहित्यकार हुन् ।

यो पनि पढ्नुहोस्  

मेरो देशको धर्तीमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !