१२ बैशाख २०८१, बुधबार

अन्तर्राष्ट्रिय नारी दिवस र नेपालमा महिला सशक्तिकरण


Nari-Diwas1

आज ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस, ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमानता’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाईदैछ । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको र त्यसबाट महिलामाथि हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ ।

सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरिएका दिगो विकास लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पुर्याउने जस्ता विषयहरू महिलाको हक संरक्षणमा केन्द्रित रहेका छन् ।

सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीको अन्तराष्ट्रिय सम्मेलनले हरेक वर्षको आठ मार्चलाई अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो ।

नेपालको नयाँ संविधान दक्षिण एसियामै उत्कृष्ट र महिलामैत्री मानिन्छ । अन्य देशको तुलनामा राजनीतिक क्षेत्रमा नेपाली महिलाहरू धेरै अगाडी बढेका छन् । कानुनले नै महिलाहरूका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ।

उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि निर्वाचनमा थप आरक्षणको व्यवस्था गरिएको छ । महिलाका नाममा घरजग्गा पास गर्दा कम राजश्व तिरे हुने व्यवस्था गरिएको छ । यसले महिलामा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग गरेको छ ।

नेपालको नयाँ संविधान दक्षिण एसियामै उत्कृष्ट र महिलामैत्री मानिन्छ । अन्य देशको तुलनामा राजनीतिक क्षेत्रमा नेपाली महिलाहरू धेरै अगाडी बढेका छन् । कानुनले नै महिलाहरूका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ।

नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । नेपालको तीन तहको संरचनाअनुसार स्थानीय तहमा करिब ४२ प्रतिशत महिला निर्वाचित भएका छन् ।

उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि निर्वाचनमा थप आरक्षणको व्यवस्था गरिएको छ । महिलाका नाममा घरजग्गा पास गर्दा कम राजश्व तिरे हुने व्यवस्था गरिएको छ ।

प्रदेश र केन्द्रमा पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व कानुनले सुनिश्चित गरेको छ । राजनीतिक जागरण र समानताको कुरा उठे पनि अझै ग्रामीण महिलाले आफूले पाउने सुविधा पाएका छैनन् ।

आज सहरमा महिला मुक्तिका नारा लगाउदै गोष्ठी, सेमिनार आयोजना भैईरहेका समयमा दूरदराजका महिलाले भने बहुविवाह, बाल विवाह, दाइजो प्रथा, कुटपिट, सम्बन्ध विच्छेद, गालीगलौज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जबर्जस्ती करणी, वैवाहिक करणी, विधवा प्रथा, घुम्टो प्रथा, अनमेल विवाह, छाउपडी प्रथा, वादी प्रथा, देउकी प्रथा आदि महिला हिंसाका  सिकार बन्नु परिरहेको छ ।

नेपालको सन्दर्भमा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा महिलामाथि हिंसा रहेको पाइन्छ । हिमाल, पहाडदेखि तराई–मधेससम्म, उच्च घरानादेखि सुकुम्बासी झुपडीसम्म, राजनीतिज्ञदेखि मतदातासम्म जहासुकै र जोसुकैबाट तथा जतिबेला पनि महिला हिंसा भैरहेको देखिन्छ । यसले के प्रस्ट पार्छ भने ग्रामीण महिलाको सशक्तिकरण गरेर उनीहरुलाई अगाडी बढाउन एक दिन महिला दिवस मनाएर मात्र हुदैन,  पुरातनबादी सोचमा परिवर्तन र पुरुषबादी मानासिकतामा शुद्धिकरण हुनसके मात्र समानताको व्यवहार भएर सही रूपमा महिलाको सशक्तिकरण सम्भव हुन्छ ।

हाम्रो हिन्दु नेपाली समाजमा नारीलाई देवीको रुपमा मानिन्छ । नेपालमा महिलाहरु राज्यको उच्च सम्माननीय पदहरु राष्ट्रपति, प्रधानन्यायाधिश र प्रतिनिधिसभाको सभामुख भई सकेका छन् । अमेरिका जस्तो बिकसित देशमा त हिलारी क्लिन्टनलाई राष्ट्रपति पदमा इतिहासमा पहिलो एकपटक महिला राष्ट्रपति बनाउने अभिमत त्यहाँका जनताले दिएनन् भने नेपाल त् महिलाको अधिकार र नेतृत्वको कुरा गर्दा धेरै अघि रहेको कोहि-कोहि विश्लेषकहरुले बताउछन् ।

तर नेपालमा पश्चिमा राष्ट्रहरुको सहयोग लिएर संघसंस्था चलाई महिला अधिकारको नाममा समाज भाड्ने, घर बिगार्ने र बिकृति फैलाउने कुरामा केहि कथित महिला अधिकारकर्मी लागेको देखिन्छ त्यो सरासर गल्ती कुरा हो । महिला अधिकारको नाममा कुरा गर्ने सासु भई सकेका महिला अधिकारकर्मीहरुले कुनै दिनमा आफ्नो बुहारीलाई चिया बिहान सुतिरहेको ओछ्यानमा लगिदिने दिन चाहि आउनु नपरोस् भन्ने अहिले कामना मात्र गरौ।

महिला अधिकारको नाममा कुरा गर्ने सासु भई सकेका महिला अधिकारकर्मीहरुले कुनै दिनमा आफ्नो बुहारीलाई चिया बिहान सुतिरहेको ओछ्यानमा लगिदिने दिन चाहि आउनु नपरोस् भन्ने अहिले कामना मात्र गरौ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति भण्डारीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु