७ बैशाख २०८१, शुक्रबार

किन उठ्छ रिस अनि कसरी नियन्त्रण गर्ने ?


angry

रिस उठ्नु भनेको एउटा प्रकृति र विज्ञानको नियम पनि हो । कोहि मानिस चाहेर पनि रिसाएको हुदैन । यो भनेको परिस्थितिमा भरपर्ने कुरा हो । कोहि मानिसहरुको रिसाउने बानी हुन्छ भने कसैको समस्या पनि हुन्छ । जसलाई इन्टरमिटेन्ट एक्सप्लोसिप डिसअर्डर पनि भनिन्छ । कोही मानिसहरु स-साना कुराहरुमा पनि रिसाएका हुन्छन् भने कोही पुरानो कुराहरुलाई लिएर पनि रिसाएको हुन्छन् । रिस घटाउन काउन्सेलिङले पनि सहयोग गर्न सक्छ तर, आक्रमक रिस भने बढी खतरनाक हुन्छ । किनकी यसले तपाई र अन्य व्यक्ति वा सम्पक्तिमा नै भौतिक हानी गर्न सक्छ । यदि कुनै व्यक्ति आक्रमक वा क्रोधित भएको अवस्थामा आफ्नो नियन्त्रण समेत गुमाउन पुग्छ । यसलाई चिकित्सकीय भाषामा इन्टरमिटेन्ट एक्सप्लोसिभ डिसअर्डर आइइडी भनिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मानिसले आफ्नो जीवनमा उत्पन्न हुने भावना अर्थात् इमोसनलाई कन्ट्रोल गर्न सक्दैन भने त्यो मानसिक समस्या हो । स्वस्थ मान्छेले मात्र आफूलाई कन्ट्रोलमा राख्न सक्छ ।

रिसाउनुको पनि मानिसको अवस्थाहरुमा भरपर्ने हुन्छ । किनकि सबै मानिसहरु खुसि, सुखी भएको हुदैनन् । कोहि मानिसहरु निम्न वर्गका हुन्छन् भने कोहि धनी वर्गका हुन्छन् । यसको मतलब दुखीहरु मात्र रिसाएका हुन्छ भन्ने हुदैनन् । सुखी परिवार वा धनिहरु पनि रिसाएका हुन्छन् । सबैकुरा धनले प्राप्त गर्ने होइन । धनले केहि आफ्नो भौतिक आवश्यकता पुरा गर्न सक्ला तर सवैकुरा पाउन र सधैभरी खुसी रहन सक्दैनन् । दुखी परिवारका मानिसहरुलाई केहि आफुले चाहेको कुराहरु पुरा गर्न नपाउँदा पनि रिस उठेका हुन्छन् । रिस उठ्नुका अबस्थाहरु मध्ये एउटा बारम्बार एउटै नकारात्मक तथा घटनाको सोच आउनु पनि एक हो । जसलेगर्दा मानिसलाई रिस उठाउने माध्येम पनि हुन्छ त्यस्तैगरी आफू वा अरु कसैलाई हानी गरुँ जस्तो लाग्ने, टाउको दुख्नु, चिटचिट पसिना आउनु र आफूलाई नियन्त्रण गर्न नसक्नु, निरन्तर रुपमा अत्यधिक खराब मुडमा भएमा र मुटुको धडकन बढ्नु, छाती बढी कसिलो हुनु जस्ता अवस्थामा रिस उठ्ने गर्दछ ।

रिस नियन्त्रण गर्ने उपायहरु:

१. खुसी, रमाइलो क्षेणहरु सम्झिने ।
२. आफ्नो भुल गल्ती कमीकमजोरीलाई प्रयास्चित गर्नु ।
३. आफु तथा अरु कसैले नराम्रो सब्द बोल्यो भने सहने वा सुधर्नेर ।
४. रिस उठ्ने तत्वहरु देखि टाढा रहने ।
५. मनमा लागेका रिस भावनाहरु मन मिल्ने साथिहरुलाई सुनाउने ।
६. रिस उठेको बेला विस्तारै १० अंक देखि १ अंकसम्म उल्टोवाट गन्न थाल्ने ।
७. रिस उठेका मान्छेको नजिक नबस्ने ।
८. लामो स्वास लिनाले रिस नियन्त्रणमा आउनुका साथै मस्तिष्कमा शान्ति मिल्ने र रिल्याक्स समेत प्राप्त हुन्छ ।
९. रिस उठेको बेला गित गाउने, नाच्ने, गित सुन्ने, चित्र कोर्ने जस्ता काम गर्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !