१२ बैशाख २०८१, बुधबार

पत्रकारमा हुनुपर्ने गुणहरु


jounalist
ram magar
राम मगर

पत्रकारितालाई राज्यको चौथो अंग भनेर चिनिन्छ । पत्रकारले समाजलाई सही र यथार्थपूर्ण समाचारहरु सम्प्रेषण गरेर सामाजिक उत्तरदायित्व वहन गरिरहेको हुन्छ । प्रत्येक पत्रकारले सत्य र तथ्यमा आधारित भएर समाचारहरु आम जनताहरु माझ सम्प्रेषण गर्ने काम गर्दछ । समाजलाई परिवर्तन गर्नमा पनि पत्रकारको ठुलो हात रहेको हुन्छ किनकि समाजको विकासका कुराहरुदेखि लिएर समाजमा घटेका सम्पूर्ण घट्नाहरुलाई आम जनतालाई सु-सूचित गर्ने काम गरेको हुन्छ । पत्रकारले गर्दा नै विभिन्न देशमा भईहरेका कुराहरुलाई हामी घरमै बसीबसी हेरिरहेका हुन्छौ । कुन देशमा के भईरहेको छ भन्ने कुरा सत्य र यथार्थ कुराहरुलाई खोजी आम जनताहरुमा पुर्याउने गर्दछ । समाजमा घटेका कतिपय विभिन्न घट्नाहरुलाई जस्तै हत्या, हिंसाका कुराहरु सामाजिक रुपमा ढाकछोप गरेर राखेका हुन्छन् र पीडितले न्याय पाएका हुदैनन् । त्यस्ता घट्नालाई आम जनता समक्ष सु-सूचित गरी पिडितलाई न्याय दिलाउनलाई पनि सहयोग गर्दछ ।

पत्रकारमा हुनुपर्ने गुणहरु :

१. इमान्दारिता
२. सहनशीलता
३. उचित शीर्षक छनोट गने सक्ने क्षमता
४. मिलनसार
५. मिहिनेती
६. तीक्ष्ण दिमाख भएको
७. शंकालु
८. कुनै पनि विषयमा लेखहरु लेख्न सक्ने
९. नेपाली भाषा शुद्ध लेख्न सक्ने

*राम मगर नेपालपत्रका समाचारदाता हुन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !