७ बैशाख २०८१, शुक्रबार

‘हैरान’को ‘तिम्रो हिरो’ सार्वजनिक(भिडियोसहित)


Hairaan

१९ वैशाख, काठमाण्डौ । जेष्ठ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हैरान’को दोश्रो गीत रिलिज गरिएको छ। आइतबार युट्युबमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘तिम्रो हिरो’ बोलको गीतमा राजन इशानको स्वर तथा संगीत रहेको छ।

गजित बिष्टको शब्द रहेको उक्त गीतलाई राजनले नै एरेन्ज गरेका हुन् । गम्भिर बिष्टको करियोग्राफीमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकार गजित बिष्ट, निश्मा घिमिरे, बुद्धि तमाङ, सागर लम्सल लगायत फिचरिङ छन् । कमेडी जनरामा निर्माण भएको फिल्मलाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !