६ बैशाख २०८१, बिहिबार

‘रामकहानी’को ‘तिम्रो लागि म छु’ सार्वजनिक


Ram Kahani

१८ वैशाख, काठमाण्डौ । भदौ २२ गतेबाट प्रदशर्नमा आउने प्रतिक्षित फिल्म ‘रामकहानी’को गीत रिलिज भएको छ । सोमबार फिल्मको नायिका तथा निमात्री पूजा शर्माको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमबीच गीत रिलिज गरिएको हो ।

सार्वजनिक ‘तिम्रो लागि म छु’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । अर्जुनकै शब्द रहेको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई फिचरिङ छन् ।

मुसहर बस्तीमा खिचिएको उक्त गीतको भिडियोमा आकाश र पूजाको राम्रो जोडी देख्न सकिन्छ ।   सुदर्शन थापा निर्देशित फिल्ममा सुदर्शन र पूजाको लगानी रहेको छ। निर्देशक सुदर्शन आफूले निर्देशन गरेको फिल्म भन्दा ‘रामकाहनी’ केही फरक भएको बताउँछन् । भन्छन् ‘म लभ स्टोरी फिल्म बनाउने मान्छे तर ‘रामकहानी’मा मैले कमेडीलाई पनि जोडेको छु ।’  सुदर्शनकै कथा रहेको फिल्मलाई सैरभ लामाले खिचेका हुन् । फिल्मको सम्पादन भने बनिश शाह र मिलन श्रेष्ठले गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !