८ बैशाख २०८१, शनिबार

‘बेबि आई लव यू’को ट्रेलर सार्वजनिक


Baby I love you
९ वैशाख, काठमाण्डौ । कार्टुञ्ज क्रुको नृत्य रहेको फिल्म ‘बेबि आई लव यू’को ट्रेलर सार्वजनिक गरिएको छ ।
अगामी जेठ १८ गते देखि प्रदर्शनमा आउने फिल्ममा नव-नायक सन्तोष खड्गी र नायिका पूजा तिवारीबीचको प्रेम, रोमान्स र विछोड देखाईएको छ ।
जनक पाण्डे निर्देशित फिल्ममा अभिनेता सरोज खनाल, कलाकार निर्मल शर्माको अभिनय र चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुको पनि एउटा नृत्य रहेको छ । फिल्मका सह-निर्माता सृजना परियार र दुर्गा पाण्डे हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !