१२ बैशाख २०८१, बुधबार

एउटा घर चाहियो


kawitaa

काठमाडौँ घर भा’को मान्छे ठुलो हुन्छ
डेरावाला त भुसाना हुन् उ चै हात्ती हुन्छ l
जसो तसो चार दिवार भित्ता ठड्याईदियो
लौन भगवान मलाई पनि एउटा घर चाहियो ll

बर्षे पिच्छे भाडा बढ्छ कोठा बढ्ने हैन
जति पैसा थपे पनि तिनलाई छैन छैन l
बर्ष दिनमा एकपटक मिठो बोलि बोल्यो
लौन भगवान मलाई पनि एउटा घर चाहियो ll

पानि बत्ति सबै यिनको नि:शुल्क नै चल्छ
बिल तिर्ने डेरावाल छन् उस्लाई मस्ती हुन्छ l
दोब्बर पैसा तिराएर ढाड यसले भाचीरह्यो
लौन भगवान मलाई पनि एउटा घर चाहियो ll

नयाँ बर्ष सबैलाई खुसियाली लेर आउँछ
डेरावालको अर्कै चिन्ता अब भाडा बढ्छ l
जति दु:ख गरेपनि मनमा चिन्ता रहिरह्यो
लौन भगवान मलाई पनि एउटा घर चाहियो ll


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !