११ बैशाख २०८१, मंगलबार

क्रान्तिको लागि भुमिगत हुँदै नदिहर


sudarshan

एउटा एस्तो कल्पना।
अजब को कुरा
अब साकार हुँदै छ।
हिमाल देखि पहाड , पहाड देखि तराइ सम्म।
मेची देखि महाकाली
एक नासले फैलिरहेको छ।
मन्छेहरु चकित हुँदै छ्न।
नेपालमा फेरि क्रान्ति हुँदै छ।
हो अब ठुलै क्रान्ति होला जस्तो छ।
बर्सौ देखि चुपचाप
हिउँदको खडेरी र बर्खाको बडि सहेर बसेका कयन नदि हरु अब जुरमुराउनु लागेका छ्न।
पनिको सलिन्ता र गड्गडाहटमा लुकेको शक्ति निस्किदै छ।

हो!
अब थुलै क्रान्ति होला जस्तो छ।
क्रान्ति गर्न नदिहरु लागि रहेका छ्न।
बिस्वास गर्नुस!
गाउँ गाउमा,
पुर्ब मेची देखि महाकाली,
हिमाल देखि तराइ सम्म
नदिहरु एका एक भुमिगत हुँदै छ।
अब ठुलै कुरा हुन्छ जस्तो छ।
नदि नभएको जिल्ला छैन कतै।
कति नदिहरु क्रान्तिको लागि भुमिगत हुँदै छन,
भने धेरै भुमिगतको तयारिमा छ्न।
पहाडका गर्भ अब सब पुरै नदिहरुले सिन्चित हुँदै छ्न।

हो!
अब धेरै कुरा पो हुन्छ जस्तो छ त।
साच्चै नै नदिहरुले नेपालमा कोइ राजनीतिक पार्टी गर्न नसकेको ठुलै क्रान्ति गर्लान जस्तो पो छ त।
अहिले पहाडहरु नदि क्रान्तिको लागि आफ्नो पुरै ज्यान सुरुङ्ग खान्न दिरहेका छ्न।
जब यो क्रान्ति सफल हुन्छ नि ठुलै शक्ति देसले पाउने छ।
जब देस सक्तिसाली हुन्छ।
जनता कति भाग्यशाली होलान?!
म अच्ममित छु यी नदिहरुको कल्पना देखेर,
हुँदै गरेको नदि क्रान्ति देखेर।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !