१२ बैशाख २०८१, बुधबार

गजल


gazzal

मनका कुरा तिमी सँग गर्न भनी आको थिएँ
उदास मनमा उषा किरण छर्न भनी आको थिएँ।

रंग कुची हातमा बोकि तिमिलाइ पछ्याउँदै
विचित्रको तिम्रो चित्र कोर्न भनी आको थिएँ।

वेमौसमको खेती रहेछ जहिले पनि हुने
त्यही खेती पिरतीको गर्न भनी आको थिएँ।

प्रेमको सागर एक्लै तर्दा गार्हो हुन्छ अरे
त्यही सागर हात समाइ तर्न भनी आको थिएँ।

हातमा हात साथमा साथ रह्यो सिंउदो खाली
त्यही सिउँदो सबको सामु भर्न भनी आको थिएँ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !