१३ बैशाख २०८१, बिहिबार

एउटा फरक स्वादको फिलिपिनी सौगात: “द गिफ़्टेड”


The Gifted

दुई बाल्यकालका साथीहरु जो अत्यन्त प्रतिभाशाली हुन्छन्, तिनीहरुको गाथा एउटा उपन्यासमा उतारिन्छ । एउटा धनी परिवारमा जन्मेकी, अर्की गरिब परिवारमा । तर तिनीहरुको तिक्ष्ण बुद्दिमत्ता देखेर सबै जना डाहा गर्छन्: तिनीहरुका सहपाठी, शिक्षक मात्र नभएर यो चलचित्रका दर्शकहरु पनि । तिनीहरु एकदम मिल्छन् पनि ।

कहानीमा फरकपन त्यतिखेर आउँछ, जब परीक्षामा गरिब परिवारकी साथीले केही अंकले अर्की साथीलाई जित्छे ।  एक सुन्दर र आकर्षक केटासँग दोस्री केटीले एउटा लेनदेन गर्छे : पहिलीलाई प्रेममा लठ्याउनु पर्ने र त्यसवापत त्यस केटाको गृहकार्य गर्दिने । कहानी त्यसअनुरुप चल्दै जान्छ, कहानीसँगै दर्शकहरु बग्दै जान्छन् । तर त्यतिखेर कहानीमा मोड आउँछ, जतिखेर पहिलीलाई थाहा हुन्छ कि उसको प्रेम आफ्नै मिल्ने साथीले रचेको खेल हो र यसरी उनीहरुको दोस्ती दुस्मनीमा बदलिन्छ ।

चलचित्र रोमान्चक र मसालेदार तब बन्छ, जब पहिली केटी गणितमा उच्च शिक्षा हासिल गर्छे र प्लास्टिक सर्जरी गरेर अत्यन्त सुन्दर बन्छे । उता अर्की पनि स्नायु डाक्टर बन्छे । दुवै जना मोडलिंग पनि गर्छन् र एक अर्काका कडा प्रतिस्पर्धी बन्छन् पुनः । फेरि भेट हुन्छ उनीहरुको र त्यसपछि के हुन्छ भनेर हेर्नलाई यो चलचित्र हेर्न वेश होला ।

यदि साउथ इन्डियन एवं अंग्रेजी चलचित्र हेर्दाहेर्दा वाक्क परेर नयाँ स्वादको चलचित्रको खोजीमा हुनुहुन्छ भने एउटा राम्रो विकल्प छ तपाईंको लागि यो “द गिफ़्टेड” नामक फिलिपिनी चलचित्र । हेर्नुस् र मज्जा लिनुहोस ।

युट्युब भिडियो हेर्नलाई यो लिंक क्लिक गर्नुहोस :


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !