७ बैशाख २०८१, शुक्रबार

मेरी प्यारी जान्छेउ भने जाउ तनि सम्झिदै गर्नु


Gajal
anurag
बिजय कुमार शाह अनुराग

मेरी प्यारी जान्छेउ भने जाउ तनि सम्झिदै गर्नु ।
सम्झिनलाई तस्वीर तिमिसँगै छनि सम्झिदै गर्नु ।।

आफ्नो भन्दा तिम्रा खुशी ख्याल गर्ने मै हो क्यारे ।
अहिले तिमि जतिसुकै पराई भए रनि सम्झिदै गर्नु ।।

नयाँ मान्छे नयाँ घर देखि भुल्यौ भने पाप लाग्ला ।
तिमिले बेलाबेला यो अनुरागलाई पनि सम्झिदै गर्नु ।।

बिरोधमा छ यो सारा दुनियाँ हाम्रो सच्चा प्रेमको ।
सम्झिदा सुटुक्क कसैलाई नभनि सम्झिदै गर्नु ।।

को हो त्यो ? के गर्छ? प्रश्न गर्लान बा आमाले ।
त्यो पल त्यो समय अन्जान बनि सम्झिदै गर्नु ।।

बिजय कुमार शाह अनुराग रुकुमका युवा साहित्यकार हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !