१२ बैशाख २०८१, बुधबार

तिमी सँग मनको कुरा खोल्न मनै छैन


Gajal1
Sabita Bista
सबिता बिष्ट

तिमी सँग मनको कुरा खोल्न मनै छैन,

माया -प्रेम सत्ते कसम घोल्न मनै छैन !!

नभएका कुरा पनि गर्छौ अरे नानाभाती,

खासै मलाई तिमीसँग बोल्न मनै छैन  !!

 

रिसाएनी रिसाऊ तिमी फकाउदिन हेर,

खुशी पार्न तिम्रा पाऊ मोल्न मनै छैन !!

देखावटि माया तिम्रो मुटु जलाइदिन्छ,

खाटा बस्या घाऊ फेरी पोल्न मनै छैन !!

छेपारोको जस्तै तिम्रो रंग फेर्ने बानि रैछ,

फेरि आसु बगाउदै आँखा झोल्न मनै छैन !!

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !