११ बैशाख २०८१, मंगलबार

‘तिमीले माग्छौ भने’ बोलको गीत सार्वजनिक(भिडियोसहित)


vidio

१४ जेठ, काठमाण्डौ । फिल्म ‘चि मुसी चि’को फिल्ममा समावेश ‘तिमीले माग्छौ भने’ बोलको गीत सार्वजनिक गरिएको छ ।

काठमाडौँमा आइतबार कार्यक्रम गरी सार्वजनिक गरिएको हो । गीतमा अञ्जु पन्त र युवराज चौलागाईँको स्वर छ भने सुरज अधिकारीको शब्द तथा संगीत रहेको छ ।

कलाकार सुनिल क्षेत्री र अलिशा शर्मा फिचर गरिएका छन् । दुवैले यसै फिल्मवाट डेब्यु गरेका हुन् । भिडियोमा कोरियोग्राफी कलाकार क्षेत्रीले नै गरेका हुन् ।

अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की हुन् । साउन ११ गतेवाट प्रदर्शनमा आउने यस फिल्ममा शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवा लगायतको पनि अभिनय छ । वासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन्।
हेर्नुहोस् भिडियो :


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !