७ बैशाख २०८१, शुक्रबार

देश कैले बन्ला र उड्नु यसरी ?


Shobha Kafle Khatiwada शोभा काफ्ले खतिवडा

न त छ गद्यको नै कुनै पनि यो तालमा !

न त पद्यको नै छ कुनै पनि यो चालमा

बरु देश मेरो उज्यालो बाल्दै हिडोस् न् !

चन्द्रले शोभा पाएझैँ पूर्णिमाको रातमा !

 

मेरो यो धरा सँधै अव नाचोस छमछमी

नेपालीहरुको मुटुको तालमा सँधै रमी

घामको ज्योतिले झैँ उज्यालियोस् भूमि

विकास अनि समृद्दिले हाम्रो जन्मभूमि !!

 

रित्याई धरा कदापी कतै हामी जाँदैनौ

सिमानाको हामी बरु शोभा पो राख्दछौँ

चन्द्रले शोभायमान चाँदनी रातमा पनि

हामी सद्दभावको नाता नै गाँछ्दछौँ अनि

 

एउटा महाँअभियान यो देशमा चलोस

देश विकास र समृद्दिको चालैपो बढोस

नझुकोस कहिल्यै हाम्रो शिरकोअभिमान

शान, मान र समृद्दि देशमा धेरै बढोस् !

 

अनि रहर धराबाट अन्तरिक्षसम्म त;

जसरी पनि  पुगेर हेर्ने नै पो छ !

नेपाली- नेपाली एकजुट बने,

मात्र पो त यो कुरा नि संभव छ !!

 

सड्कीर्ण घेरा अन त मनको

तिमीनै तोडेर फराकिलो पार

यो देश बनाउनु छ हामीले पैले

अरु काम थाती छोडेर त हेर !!

 

देश नबने हामी नै त बन्दैनौ

यो कुरा हृदयले  मनन् गर !

मुलुक बनाउने अठोट मनमा

दर्हो निर्भिक भै बनाउने गर !!

 

यो देशलाई मन अनि मुटुबाट

मायाँ हरपल तिमी पोख्ने गर् !

दृष्टान्त तिम्रो यो भूमिमा पर्दा

कृति रमाउँछ यो धरा लौ हेर !!

 

आय, आर्जनमुखी उद्योगहरु

देशका फाँटभरी खोलेर त हेर

कर्मशिल र स्वावम्लबी कैयौँ

जनताहरु बनाएर देशमै छाड

 

धराबाट गरिवीको यो कलड्क

हटाई यो देश सुन्दर समृद्द पार

हरेक मनको धृष्टता र कालो

मैलो जति भावना हटाएर हेर !

 

चाँडो भन्दा चाँडो यो मुलुकलाई

अनुपम र नमुना राष्ट्र बनाऊ

सक्छौ भने सदाचारी, निश्चल

युवा देशमा नै धेरै नै भित्र्याऊ

 

तन्नेरी रहर कति सन्तान छाडी

पराई भूमिलाई सिड्गार्ने युवा

यो देशको श्रममा लगाएर अव

योगदानको फल चाखेर हेर !!

 

पिडा र उत्पीडन यो मुलुकको

सारा मुलुकबाट अव हटाई !

पीयुष, अजेय सुन्दर समृद्द

भूमि यो पावन जलको बनाई

 

हिफाजत गरि अव मुलुकको

वेदका ऋचाहरु फलाइदेऊ

देशमा सदाचार पनि ल्याऊ

महान् नेताहरुको देश बनाऊ !

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !