७ बैशाख २०८१, शुक्रबार

मलाई आफ्नै सपनी अनौठो लाग्छ


dreams
roshan
मार्मिक रोशन

मलाई आफ्नै सपनी अनौठो लाग्छ,
यो मुटु, यो धमनी अनौठो लाग्छ ।

अर्काको उज्यालोमा ऊ रमाइरहन्छ,
त्यो आकाशको चाँदनी अनौठो लाग्छ ।

यी साना बादलहरु त्यो ठुलो सुर्यको,
स्वयं बन्छ ढकनी अनौठो लाग्छ ।

यस्तो विचित्र संसार कसरी बनयौ ?
यो सृष्टिको जननी अनौठो लाग्छ ।

यँहा आँखा-आँखावाटै सुरु हुन्छ रे,
माया-प्रेमको थालनी अनौठो लाग्छ ।

*मार्मिक रोशन उदयपुरका युवा गजलकार हुन् । उनले ‘चाँदनी’ गजल संग्रह र अन्य सामुहिकरुपमा गजल संग्रहहरु प्रकाशित गरिसकेका छन् । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !