८ बैशाख २०८१, शनिबार

आफ्नै विषयको गीत आएपछि यसरी नाचे धमला (भिडियोसहित)


Rishi Dhamala

३१ वैशाख, काठमाण्डौ । पत्रकार ऋषि धमलाको विषयमा एउटा लोकगीत तयार भएको छ ।

बबरमहलमा रहेको प्रिज्म रेकर्डिङ स्टुडियोमा गीत मिक्सिङको क्रममा शनिबार ऋषि धमला पनि स्टुडियोमा पुगेका थिए । यस क्रममा धमलाले आफ्नो बारेमा तयार पारिएको गीत सुनिसकेपछि आफ्नो काम र चर्चाको मूल्यांकन गरेर तयार पारिएको गीत र कामलाई सम्मान गर्ने बताए ।

उनले गीतका गायक–गायिका र लेखकलाई  धन्यवादसमेत दिएका छन् । गीतलाई सञ्चारकर्मी तथा रचनाकार सन्तोष देउजाले लेखेका हुन् भने लय पनि उनैले भरेका छन् । चर्चित पत्रकार भएका कारण सन्तोषले ऋषिको बारेमा गीत तयार पारेको बताए । गीतमा राधिका हमाल र प्रदीप त्रिपाठीको आवाज रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !