४ बैशाख २०८१, मंगलबार

चलचित्र ‘हैरान’को ट्रेलर रिलिज


film

२४ वैशाख, काठमाण्डौ । फिल्म ‘हैरान’को ट्रेलर रिलिज भएको छ । जेठ ४ गतेवाट प्रदर्शनमा आउने कमेडी संबाद र दृश्यलाई बढी प्राथमिकता दिइएको यस ट्रेलरमा फिल्मका सम्पूर्ण कलाकारहरुलाई समेटिएको छ ।

कमेडी जनरामा निर्माण भएको फिल्मलाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् । डेब्यु फिल्म ‘लभ यु बाबा’मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए ।

सामाजिक विषयवस्तुलाई समेटिएको यस फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !