१२ बैशाख २०८१, बुधबार

चलचित्र ‘सेप अफ वाटर’ ओस्कार अवार्डमा सर्वोत्कृष्ट घोषित


oskar avard

एजेन्सी, २१ फागुन । चलचित्र क्षेत्रको प्रतिष्ठित पुरस्कार ओस्कारमा यस बर्ष चलचित्र ‘द सेप अफ वाटर’ सर्वोत्कृष्ट घोषित भएको छ । उक्त चलचित्रका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।

लस एन्जेलसमा सम्पन्न ९० औं ओस्कार अवार्डमा सर्वाधिक १३ विधाका लागि सेप अफ वाटर मनोनयनमा परेको थियो । यस चलचित्रले जम्मा चार अवार्ड जितेको छ ।

‘डार्केस्ट आवर’ वाट गेरी ओल्डम्यानले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् भने फ्रान्सेस म्याकडोरम्यान्डले ‘थ्री बिलबोर्ड्स आउटसाइट एबिङ मिसोउरी’ सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् । सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रमा स्पेनिस भाषाको ‘द फेन्टास्टिक वुमेन’ ले बाजी मारेको छ ।

अरु विजेताहरु यस प्रकार छन्ः

सर्वोत्कृष्ट सहायक अभिनेताः साम रकवेल (थ्री बिलबोड्स आउटसाइड एबिङ मिसउरी)
सर्वोत्कृष्ट सहायक अभिनेत्रीः ऐलीसन जेनी (आई तोन्या)
सर्वोत्कृष्ट सम्पादनः डनकर्क (ली स्मिथ)
सर्वोत्कृष्ट डकुमेन्ट्री (फीचर): डनकर्क (ली स्मिथ)
सर्वोत्कृष्ट ध्वनी सम्पादनः डनकर्क (रिचर्ड किङ र एलेक्स गिबसन)
सर्वोत्कृष्ट साउन्ड मिक्सिङः डनकर्क
मौलिक पटकथाः गेट आउट, जोर्डन पीले
प्रोडक्सन डिजाइनः द सेप अफ वाटर
विदेशी भाषाको चलचित्रः अ फेन्टास्टिक वुमेन
एनिमेटेड फिचर फिल्मः कोको
भिजुअल इफेक्ट्सः ब्लेड रनर २०४९
बेस्ट डकुमेन्ट्री शर्टः हेवन इज द ट्राफिक जेम अन द ४०५ फ्रैर स्टेफेल)
एडेप्टेड स्क्रीनप्लेः कल मि बाई योर नेम (जेम्स इवोरी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !