६ बैशाख २०८१, बिहिबार

चर्चाको शिखरमा गायक सुरेन्द्र अमात्यको गीत, “हाम्रो यो जिन्दगी दुई दिने घाम छाया”


hamro yo duidine ghmxaya

२६ माघ, काठमाण्डौ । पछिल्लो समयका एक गायक सुरेन्द्र आमात्यको राष्ट्रप्रेमद्धारा ओतपोत “हाम्रो यो जिन्दगी दुई दिने घाम छाया” गीत निकै चर्चामा आईरहेको छ । यस गीतमा चर्चित नायिका पूर्णिमा लामा र गायककार तथा कलाकार सुरेन्द्र आमात्यको अभिनयरहेको छ । संगीत मीरज लामा र शब्द जोयल डंगोलको रहेको छ ।

उक्त गीतमा स्वदेशमै कर्म शीलहरु हातहरु दश नङ्ग्राखिउन पर्ने बताएको छ भने विदेशी बसि काम गरिरहेको नेपालीहरुले स्वदेशमै श्रम गरि देश विकास कार्यमा लागि रहने पर्ने कुरामा जोडदिएको छ । साथै स्वदेशमा पसिना बगाएको कुनै पनि शुभ कार्य खेर नजाने प्रस्तुत कुरा प्रस्तुत गरिएको छ ।

आज भन्दासाढे दुई बर्ष अगाडी चर्चित गीत “कीर्तिपुरको मोहनी चोभारको सल्लेरी” वाट गायन क्षेत्रमा पाइला राखिएका आमात्य संगीत क्षेत्रमा विगत पाँच बर्ष देखि अनवरत रुपमा लागि रहेका छन् । अब सांगितिक क्षेत्रमा कति बर्षसम्म लागिरहनु हुन्छभन्ने जिज्ञाशामा गायक तथा कलाकार आमात्यले अनवरत रुपमा आजिवन रुपमा सांगितिक क्षेत्रमा लाग्ने बताएका छन् ।
https://youtu.be/rLsjCu_MKXE?t=119


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !