७ बैशाख २०८१, शुक्रबार

कोही आफैवाट हराउला सोचेकै थिइन


balkrisna

कोही आफैवाट हराउला सोचेकै थिइन ।
फर्केर आउला नआउला सोचेकै थिइन । ।

ओभानो जुन बस्ती भेटियो नि प्रेममा ।
तर आतंक मच्चाउला सोचेकै थिइन । ।

साथी सम्झी हदै बिस्वास गरेको थिए ।
आफ्नै प्रेमिका उडाउला सोचेकै थिइन । ।

पत्थर जस्तो यो मन फूल भए देखि ।
यादहरुले तड्पाउला सोचेकै थिइन । ।

छटपटाउदै थियो उ तिम्रै यादहरुमा ।
अन्तै माया लगाउला सोचेकै थिइन । ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !