८ बैशाख २०८१, शनिबार

गरेर गल्ती आफै टाढिन अफ्ठ्यारो लाग्छ ।


balkrishnaa

गरेर गल्ती आफै टाढिन अफ्ठ्यारो लाग्छ ।
झन सम्झिदै अनि बिर्सिन अफ्ठ्यारो लाग्छ ।।

मैले सुनेको उस्को त्यो दिल रित्तो छ रे अहिले ।
मलाई अचेल उसलाई सम्झिन अफ्ठ्यारो लाग्छ ।।

पीडा भुलाउन भन्दै पिइ दिन्छन साथीहरु ।
मलाई त पिउन त्यो भर्जिन अफ्ठ्यारो लाग्छ ।।

उनी भन्छिन मेरो मन कसैले चोरेको छ ।
मलाई आफ्नै नाम दिन अफ्ठ्यारो लाग्छ ।।

पहिले दिल दुखाउन गरिएछ हतार यहि सोचेर ।
आजकाल यो दिल सुम्पिन अफ्ठ्यारो लाग्छ ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !