८ बैशाख २०८१, शनिबार

गजल – सधै मलाई माया गर्ने, साथ चाहिन्छ


jiban

गजल
सधै मलाई माया गर्ने, साथ चाहिन्छ ।
लड्दा खेरि समाउने, हात चाहिन्छ ।।

काली या गोरी, रङ रोगन चाहिदैन ।
सधै संगै जिउने आफ्नै, जात चाहिन्छ ।।

थाहै हुन्न बर्षौ बित्या, भेताघटमा जिन्दगी ।
कल्पनामा डुब्ने मधुर, बात चाहिन्छ ।।

देउरालीमा बस्दै हामी, ताराहरु गन्न ।
आकाशमा जुनेली, रात चाहिन्छ ।।

महल बस्ने होस् या, झुपडी बस्ने होस् ।
भोको पेट भर्नलाई, भात चाहिन्छ ।।

जीवन कुरूप
सुन्तले-२, खोटांग
हाल –राजधानी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !