७ बैशाख २०८१, शुक्रबार

जन्मदेखि जन्मसम्म।


sudarshan

धेरै पहिलाको कुरा हो।
बिश्व एउटा थियो ।

रुपमा, बनोटमा,जमिन एउटा थियो ।
पानी अर्को भाग थियो ।
पछि खोइ किन छछल्कियो पानी ?

एउटै जमिन फुट्न थाल्यो ।
एउटै महादिप टुट्न थाल्यो ।
एउटाले अकोलाई हान्नथाले ।
सक्नेले त आफुतिर तान्न थाले ।

पानीमाथिको बरफ जस्तै कहिले कता कहिले कता,
जमिनका टुक्राहरू सल्बलाई रहे ।
सल्बलाई रहेछन् ।
आजसम्म पनि! पत्याउनुहोस्! सहि कुरा हो ।

अब, बिस्तारै! अमेरिका र अफ्रिका टुट्न थाले ।
चइना र इन्डिया जुद्धन थाले । (अहिलेको जस्तो होइन!)

यिनको जुधाई सहन नसकेर,
हाम्रो हिमाल जुरूक्क उट्ठयो ।
हिमाललाई पहाड र तराईले साथ दिए ।
अनि नेपाल बन्यो !

नेपाल भुगोल बनेको हो, मान्छे त बनेकै थिएन !
पत्याउनुहोस् ! सहि कुरा हो ।
मान्छे कस्ले बनायो त ?
त्यो त म भन्न सक्दिन ।
सायद, आवश्कताको सिद्धान्त होला ।
प्रक्रितिको चमत्कार सम्झनुहोस् ।
चमत्कार नै बिस्तारै चमत्काारी बन्न थाले ।

ब्यक्ति पछि परिवार, समाज, क्षेत्र अनि देश बन्यो। कथा लामो छ !
यसै क्रममा बुध्ददेखि हिटलरदेखि
ज्ञानदेखि बिज्ञान जन्मियो, र पनि !
शान्तिसगै युद्ध जन्मियो ।
बिस्तारै नेपाल देश बन्यो ।
तपाई नेपाली बन्नु भयो ।

बधाई छ!! मान्छे त कति जन्मिए कति ।
पृथ्वीले मान्छेलाई होईन, मान्छेले पृथ्वी जन्माए
जस्तो फेरि नेपाली आमाको कोखबाट
हाम्रा पुर्खाहरु जन्मिए, वीरता देखाए ।

राजाहरु जन्मिए, राज गरे ।
राणाहरु जन्मिए, रडाको मच्चाए ।
शहिदहरु जन्मिए, बलिदान दिए ।
नेताहरु जन्मिए, खैके खैके, जनताहरु जन्मिरहे ।
तपाईहरु जन्मनु भयो ।
आनि हामी जन्मियौं ।
त्यस्तै म आज (जन्म दिन) जन्मिएँ ।
धन्य छु ! यो आत्माको लागि
शरीर दिलाऊने भगवान (आमा-बुवा) प्रति ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !