७ बैशाख २०८१, शुक्रबार

जापानमा बुद्धमूर्ति खोप्दै नेपाली मुर्तिकारहरु


nepali people

२८ पुस, इटहरी । जापानको कामिआमाकुसा सहरको विशाल पहरामा बुद्ध मूर्ति कुदिँदैछ । विश्व सम्पदा सूचिमा राख्ने उद्देश्यका साथ बुद्धभूमि नेपालका मूर्तिकारहरु अहोरात्र खटिरहेका छन् ।

मोरङको उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरी नेतृत्वको नेपाली मूर्तिकारहरु उक्त मूर्तिनिर्माणमा सक्रिय छन । मितेरीसँगै काम गर्छन् मूर्तिकार त्रयः काभ्रेका शानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङकै गणेश राई छन् ।

कामिआमाकुसा सहरवाट १५ किलोमिटरको सवारी यात्रामा रहेको एक चट्टानी पहरामा मूर्ति निर्माणमा दैनिक ८ घण्टा खट्छन् नेपाली मूर्तिकारहरु । सन् २०१६ को सेप्टेम्बरवाट सुरु गरिएको बिशाल मूर्ति निर्माण अभियान ५ बर्षमा सक्ने भनिए पनि समय लम्बिने सम्भावना पनि रहेको मितेरी बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !