६ बैशाख २०८१, बिहिबार

धुर्मुस सुन्तलीको दशौं वैवाहिक एनिभर्सरी सेलिब्रेसन : उनी र म


Dhurmus-suntali

१४ मंसिर, काठमाडौँ । नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस सुन्तलीले दशौं वैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा एक गीत सार्बजनिक गरेका छन्। धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरुसँगैं एनिभर्सरी मनाउँदै उक्त गीत सार्बजनिक गरेका हुन्। धुर्मुस सुन्तली २०६५ मंसीर १४ गते बैवाहिक जीवनमा प्रवेश गरेका थिए ।

संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिव समेत रहेका दिनेश थपलियाको शब्द रहेको उक्त गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने राजेशपायल राई र अन्जु पन्तले आवाज दिएका छन् । धुर्मुस सुन्तलीको प्रेम सम्बन्ध बोलेको उक्त गीतमा धुर्मुस सुन्तली नै फिचरिङ्ग छन् । पप्पा र नवराज उप्रेतिले खिचेको उक्त भिडियोमा हरिष निरौंला (कक्रोज) को कोरियोग्राफी रहेको छ।

भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने धुर्मुस सुन्तली आफैंले निर्देशन गरेका हुन् । कतारमा समेत छांयाकन गरिएको उक्त भिडियोमा माया प्रेमको रोमान्स देखाईएको छ । सामाजिक काममा सक्रिय रहेका धुर्मुस सुन्तलीले दर्शकको अपेक्षा अनुसार यो भिडियो उपहार स्वरुप सार्बजनिक गरेका हुन्।

आफैले निर्माण गरिरहेको सन्तपुर बस्तीका झण्डैं २६१ कामदारहरुलाई लड्डु खुवाएर उनिहरुले गरेका छन्। एनिभर्सरी मनाउँदै एनिभर्सरी सेलिब्रेसन उनीहरुले उत्कृष्ट काम गर्ने कामदार र स्थानीयहरुलाई पुरस्कार समेत दिएका छन्।

भिडियो हेर्न तलको लिंकमा जानुहोला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !