७ बैशाख २०८१, शुक्रबार

जनकपुरमा महायज्ञ हुँदै, सवा करोड पार्थिव शिवलिङ्गको पूजा गरिने


कार्तिक १३, जनकपुर | यही कात्तिक २२ गते जनकपुरधाममा श्री कोटी पार्थिव शिवलिङ्ग पूजन महायज्ञ हुने भएको छ । धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले रङ्गभूमि मैदानमा आयोजना हुने सो महायज्ञमा सवा करोड पार्थिव शिवलिङ्गको पूजा गरिनेछ ।

यस प्रकारको महायज्ञ कलियुगमा पहिलोपटक (एकै दिनमा) सम्पन्न हुने बताइएको छ । श्री मानस तथा बोलबम परिवारद्वारा आयोजना गरिने सो महायज्ञ सन्दर्भमा रङ्गभूमि मैदानमा ध्वजा स्थापना कार्य सम्पन्न भई रङ्गभूमिको सरसफाइको कार्य भइरहेको अध्यक्ष ललन ठाकुरले बताउनुभयो ।

त्यस्तै महायज्ञलाई लक्षित गरी कात्तिक २१ गते शोभायात्रा र दीप उत्सव गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !